९ माघ, महेन्द्रनगर
बरिष्ठ प्रगतिवादी साहित्यकार , नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्व सदस्य एवम् प्रलेस कञ्चनपुरका पूर्व सल्लाहकार वासुदेव भट्ट भाइसाबको पन्ध्रौं दिनको पुण्यतिथिमा प्रगतिशील लेखक सङ्घ कञ्चनपुरले भर्चुअल अनलाइन माध्यम जुमबाट श्रद्धाञ्जली सभा तथा रचना वाचन कार्यक्रमको आयोजना गरेका छ। प्रलेस कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वर्तमान समिति सल्लाहकार डा। पुस्करराज भट्ट प्रमुख आतिथि रहनु भएको थियो। सभामा उपस्थित सहभागीहरूलाई प्रलेस कञ्चनपुरका सदस्य कविराज भट्टले मन्तव्य मार्फत स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रलेस कञ्चनपुरका सचिव धर्मानन्द भट्टले गरेका थिए ।

श्रद्धाञ्जली सभामा सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष चन्द्रकला पन्त, प्रलेसका पूर्व केन्द्रीय सदस्य तथा कञ्चनपुरका वर्तमान सल्लाहकार रामचन्द्र नेपाल , प्रलेस प्रदेश तथा जिल्ला समिति सल्लाहकार एवम् पूर्व अध्यक्ष वीरबहादुर चन्द,प्रलेस सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य जगदीश ओझा, प्रलेस प्रदेश सदस्य नारायण गिरी, प्रलेस कञ्चनपुरका सदस्य घनश्याम लेखक, भाइसाबका समकालीन साहित्यकार दिनानाथ बराल लगायतले मन्तव्य राख्नु भएको थियोे । प्रलेस सुदूरपश्चिम प्रदेश अध्यक्ष जनक रसिक समेतको उपस्थिति रहेको कार्यक्रममा साहित्यकारहरू वीरबहादुर चन्द, जगदीश ओझा, घनश्याम लेखक, लोक बिक्रम मल्ल, प्रेम प्रकाश कलौनी, शिवराज कलौनी, प्रचण्ड भास्कर, लक्ष्मी पन्त लगायतले रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि डा। भट्टले भाइसाबको निधनबाट सुदूरपश्चिमको लोकसाहित्य र संस्कृतिका क्षेत्रमा अपुरणीय क्षति भएको कुरा बताउँदै वहाँलाई राष्ट्रको महत्त्वपूर्ण निधिको रूपमा चिनाउनु पर्ने दायित्व हाम्रो काँधमा आएको कुरा व्यक्त गर्नु भएको थियो। सबैजसो वक्ताहरूले भाइसाबको योगदानको कदर गर्दै वहाँका प्रकाशित कृतिहरुको समीक्षा गरेर तथा अप्रकाशित कृतिहरुलाई प्रकाशित गरेर वहाँ प्रति सच्चा श्रद्धाञ्जली दिनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको समापनमा अध्यक्ष मीतबन्धुले उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै सभाबाट आएका सुझावहरूको उच्च सम्मान गर्दै प्रलेस कञ्चनपुर वहाँको योगदानको सम्मान गर्न आफुले सक्नेजति सहयोग गर्न सदा तत्पर रहेको कुरा व्यक्त गरेका थिए । कार्यक्रममा सन्तोष विष्ट, मणि ठगुन्ना, अमित प्रसाद भट्ट, हेमराज पन्त, उत्तम विष्ट, दुर्गा अवस्थी, भगतसिह विके, केशव पन्त, भानुभक्त जोशी, पुष्कर भट्ट लगायत दुई दर्जन बढीको उपस्थिति रहेको थियो।










Discussion about this post