Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पेटमा वायु भरिएर ढुस्स हुने कारण र समाधानको उपाय !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ ५, बुधबार १६:४८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो आन्द्रामा सामान्यतया वायुको उपस्थिति भइरहन्छ । उक्त वायु प्रसारण भइ ठूलो आन्द्रातर्फ सर्छ र ठूलो आन्द्राबाट बाहिर निस्कँदा जोडले बाहिर जान्छ । त्यस्तै प्रायः ठूलो आन्द्रामा पनि वायु रहेको हुन्छ, जुन ठूलो आन्द्रामा रहेका ब्याक्टेरियाले नपचेको खाना पचाउने क्रममा ग्याँस उत्पन्न हुने गर्छ । यसरी जम्मा भएको ग्याँस जोडले आवाजसहित बाहिर जान्छ, त्यसलाई ‘अपानवायु’ भनिन्छ । सामान्य अर्थमा यसलाई पादेको भनिन्छ ।

 

सामान्य स्वास्थ्य अवस्थामा माथिल्लो सानो आन्द्राको भागबाट यस्तो वायु ठूलो आन्द्रामा जोडले प्रसारण हुँदैन तर ठूलो आन्द्रामा रहेकै वायु मात्र जोडले बाहिर जान्छ । पेटमा वायु भरिंदा पेट भरिएको र ठूलो आकारको देखिन्छ । कसैमा वायु भरिएमा बढी मात्रामा डकारबाट बाहिरिन्छ भने कसैमा मलद्वारबाट जोडले बाहिरिन्छ । वायु बन्ने मात्रा पनि व्यक्तिपिच्छे धेरै वा थोरै हुन सक्छ । सामान्यतया डकार आउने कारण पेटमा निलिएको हावा र त्यहाँ बन्ने ग्याँसको मात्रा बढी भएर हो ।

पेटमा कुनै अप्ठेरो अवस्था आउँदा समेत ग्याँस बन्ने र बाहिरिने गर्छ । यदि समस्याको रुपमा पेटमा ग्याँस भरिएमा डकार पछि आराम मिलेजस्तो हुन्छ तर पुनः ग्याँस भरिन्छ । यो समस्या व्यक्तिपिच्छे फरक खालको पनि हुन्छ । दीर्घ रुपमा पेट फुलिने, ढुस्स हुने कारण वायुले मात्र नभई अन्य कारणले पनि हुन सक्छ । जस्तै पेटमा पानी भरिनु, कुनै ट्युमर हुनु, अंग सुन्निनु वा पेटमा बोसो भरिनु आदि । तर कहिलेकाहीँ केही समयको लागि मात्र पेट फुलिनु चाहिं वायुको मात्रा बढी उत्पादन हुनु वा आन्द्रामा अवरोध आउनु हो । डकार आउनु वा मलद्वारबाट वायु निस्कनु एउटा सामान्य कुरा पनि हो ।

पेटमा ग्याँस बन्ने कारण

बढी मात्रामा वायु उत्पादन हुनु र बाहिर निस्कनुमा धेरै कारण विद्यमान छ । जस्तो केही व्याक्टेरियाको वायु उत्पादन गर्ने क्षमता बढी हुनु, खराब पाचन हुनु, सुगर तथा पोलिस्याकराईड्स्को खराब अवशोषण हुनु वा नपच्नु, दीर्घकालीन प्यांक्रियाजको समस्या हुनु वा प्यांक्रियाजको कार्यक्षमता कमजोर हुनु, सिलियक रोग हुनु, सानो आन्द्रामा व्याक्टेरियाको अधिक वृद्धि हुनु आदि कारण हुन् । त्यसैले ग्यास्ट्राइटिस, अपच, पेटको क्यान्सर, पित्तथैलीको समस्या आदि मात्रै वायु उत्पन्न हुनुका कारण होइन । बढी मात्रामा डकार आउनु मुखबाट बढी हावा निल्नु मुख्य कारण हो भने बढी मात्रामा गन्हाउने वायु जानु खानेकुराको प्रकार र व्याक्टेरियाको कारणले गर्दा हो ।

कम मात्रामा पाचन हुने सुगर ल्याक्टोज, सर्बिटोल, पोलिस्याकराइड र फ्रक्टोज हुन्, जसका कारण बढी मात्रामा वायु बन्ने सम्भावना हुन्छ । त्यसैले मकै, ओट्स, आलु, गहुँ, गेडागुडी, बन्दागोभी, विभिन्न तरकारी र फलफुल आदि सानो आन्द्रामा पाचन नहुने खाना हुन् । जुन ठूलो आन्द्रामा पुगेपछि त्यहाँ रहेका व्याक्टेरियाले सडाउने काम गर्छन् र त्यसबाट वायु उत्पादन हुन्छ ।

सामान्यतया व्याक्टेरियाले उत्पादन गर्ने ग्याँसमा हाइड्रोजन, मिथेन र सल्फर हुन्छ, जुन बाहिर निस्कन्छ । व्याक्टेरियाका कारण कार्बन डाइअक्साइड ग्याँस पनि बन्छ तर त्यो सानो आन्द्रामा तुरुन्तै अवशोषण हुन्छ र यो ग्याँस प्रायः बढी मात्रामा अपानवायुका रुपमा बाहिर नगई श्वासप्रश्वासबाट बाहिर जान्छ ।

सामान्यतया पेटमा ग्याँस बन्नु स्वाभाविक हो । दिनमा १५ देखि १८ पटक यस्तो ग्याँस बनेर बाहिर निस्कन्छ । किनकि हामीले खाँदा वा पिउँदा हावा निलिन्छ भने हामीले खाने खानाबाट समेत ठूलो आन्द्रामा किटाणुले ग्याँस बनाइदिन्छन् । यी बाहेक चिन्ता, दाँतको समस्या आदिका कारण पनि हावा निल्न सकिन्छ र धेरै ग्याँस बन्न सक्छ ।

बढी गन्ध आउने ग्याँस बन्नु भने अन्य जटिल कारणले गर्दा हो । यसमा खाना तथा अन्य तत्वको भूमिका रहन्छ । ती मुख्य कारणमा खाना राम्ररी पचाउन नसक्नु, बढी फाईबरयुक्त खाना खानु, बढी नुनको सेवन गर्नु, केही औषधी र एन्टिबायोटिकको सेवन गर्नु, कब्जियत हुनु, पाचन नलीमा किटाणुको संक्रमण हुनु आदि हुन् । कहिलेकाहीँ अर्को गम्भीर कारण ठूलो आन्द्राको क्यान्सर हुनु, चिल्लो पदार्थ खाँदा पनि पाचन हुन समय बढी लाग्दा पेटमा ग्याँसको मात्रा बढ्नु आदि हुन् ।

मुखबाट निस्कने डकार बन्ने कारण

१. विभिन्न पेय पदार्थ (सोडा, बियर वा फिंज आउने पेय) पिउँदा त्यसमा हुने अन्य ग्याँस वा कार्बन डाइअक्साइड पेटमा पुगेपछि पुनः पेटबाटै माथि फर्किएर डकारको रुपमा आउँछ । त्यस्तै हामीले तातो पेय पदार्थ खाँदा पनि हावा निल्न पुगिन्छ र त्यो हावा पनि डकारको रुपमा बाहिर आउने गर्छ ।

२. आमाशयको भित्री तहमा हुने असरले गर्दा खाना खाएपछि वा चिल्लो खाना खाएपछि डकार आउँछ ।

३. यदि खाना खाँदा साना गाँस नभई ठूला गाँस खाएमा, छिटो छिटो खाएमा वा राम्ररी नचपाई खाएमा डकार पैदा हुन्छ ।

४. दूधमा पाइने ल्याक्टोज (प्राकृतिक सुगर) कसैलाई पाचन हुन सकेन भने ग्याँस उत्पन्न हुन्छ र डकार पैदा हुन्छ ।

५. यदि अम्लपित्तको समस्या छ भने आमाशयमा पाचन हुन नसक्ने समस्याका कारण र अम्ल भोजन नलीतर्फ फर्कंदा पटक पटक निल्नुपर्ने कारणले हावा निल्दा पनि ग्याँस बढी भई डकार उत्पन्न हुन्छ ।

६. प्याज, टमाटर, अमिला फलफुल र मसलादार खाना खानाले आमाशयमा अम्ल उत्पादन बढी हुने भएका कारण अम्लपित्त हुने भएकोले डकार उत्पन्न हुन्छ ।

७. दम हुँदा श्वासनलीमा भएको सुजनका कारण बढी हावा लिनुपर्छ र यसो गर्दा डायफ्राममा थप दबाब पर्छ, अनि डकार आउँछ ।

८. चुईंगम खाँदा बढी हावा निल्न सकिन्छ भने गुलिया चकलेट खाँदा यसमा हुने सुगरका कारण आमाशयमा गडबड उत्पन्न भई ग्याँस बन्छ र डकार आउँछ ।

९. फलफुल खाँदा यसमा पाइने प्राकृतिक सुगर वा उच्च फ्रक्टोज पाइने कारणले गर्दा ग्याँस उत्पन्न हुन्छ र डकारको रुपमा बाहिर आउँछ ।

१०. घाँटी र श्वासनलीमा उत्पन्न हुने म्युकसको मात्रा बढी उत्पादन भएर पटक पटक निल्नुपर्दा हावा समेत निल्न पुगिन्छ र ग्याँसको रुपमा डकार बाहिर आउँछ ।

११. तनाव र पाचन प्रणालीको निकै बढी सम्बन्ध छ । यदि तनाव भयो भने थाहा नपाएरै बढी मात्रामा हावा निल्न पुगिन्छ र ग्याँसको रुपमा डकार आउँछ ।

१२. भोजन नलीमा आउने हर्निया भएमा अम्लपित्तको समस्या बढ्छ, जसले गर्दा डकार उत्पन्न हुने गर्छ ।

१३. आन्द्रामा हुने व्याक्टेरियाको वृद्धि विकास भएमा खाना पाचन हुने क्रममा बढी ग्याँस उत्पन्न गर्दछन् र डकार आउँछ ।

१४. आन्द्राको अल्सर बनाउने एच. पाइलोरी किटाणुको बढी संक्रमण भएमा अम्लको समस्या पनि बढ्ने हुँदा डकार उत्पन्न हुन्छ ।

१५. प्यांक्रियाजमा समस्या भए वा संक्रमण भए पाचन रस उत्पादनमा समस्या पर्नाले खाना अपच हुन्छ र ग्याँस उत्पन्न भएपछि डकार आउने, पेट दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् ।

बढी वायु बन्दा देखा पर्ने समस्या

वास्तवमा वायु उत्पादन हुँदा साधारणतया पेट दुख्दैन तर वायुसँगै अन्य रोगमा पेट दुख्न सक्छ । यदि यस्तो वायुका कारणले पेट दुख्ने, कडा खालको असर देखा पर्ने, दिसामा परिवर्तन आउने, पखाला वा कब्जियत हुने, ज्वरो, वाकवाकी लाग्ने, बान्ता हुने, पेटको दाहिने तर्फको तल्लो भाग कडा खालको दुख्ने र सुन्निने, दीर्घ खालको समस्या हो भने राम्रोसँग जँचाएर औषधी सेवन गर्नुपर्छ ।

यसैगरी पेट ढुस्स भएमा भोक नलाग्ने, पखाला चल्ने, तौल घट्ने, ज्वरो आउने, पेट सुन्निने, दिसामा रगत देखिने जस्ता गम्भीर समस्या देखिएमा ल्याक्टोज तत्व र सिलियक रोगको अवस्था हेर्न दिसा जाँच गराइ समयमै उचित उपचार गराउनुपर्छ । अझै गन्धयुक्त ग्याँस पटक पटक आउनु राम्रो लक्षण नभएकोले सुरुको अवस्थामै चिकित्सकसँग जँचाउनु आवश्यक छ ।

समाधानको उपाय

यसरी पेटमा बढी ग्याँस उत्पादन हुन नदिन घरेलु औषधीको रुपमा दही, अदुवा, शुद्ध मह, पुदिना, पानी, अलैंची, हरियो तरकारीको रस, भुईंकटहर, आलसको दाना आदि खान सकिन्छ । ती बाहेक यस्तो समस्या समाधानका लागि निम्न उपाय अपनाउन सकिन्छः

१. खाना खाने बानीमा परिवर्तन– खाना खाँदा राम्ररी चपाएर मात्र खाने, धेरै छिटो खाना नखाने, खाना स–साना टुक्रा वा गाँस बनाई खाने, धेरै खाना नखाने, कम खाने आदि ।

२. राम्रो खानाको छनौट– यदि आफूलाई कुनै खानाले राम्रो गर्दैन वा पचाउन सकिंदैन भने त्यस्तो खाना नखाने, सोडा वा कार्बोनेटेड पेय नखाने, कसैलाई दुध वा दुग्धपदार्थ पनि नपच्ने भए त्यो पनि नखाने, गेडागुडी कम खाने, यदि गेडागुडीले असर गर्छ भने सुरुमा उमालेर मात्र पकाउने र त्यसमा भएको सुगर हटाउने ।

३. सल्फरयुक्त खाना नखाने– अण्डा, मासु र काउलीमा सबैभन्दा बढी सल्फर हुने भएकोले यस्ता खाना नखाने वा कम खाने ।

४. केही औषधीको प्रयोग – ईन्जाइमयुक्त केही औषधीले ग्याँस कम गराउने हुँदा डाक्टरको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ ।

५. चिकित्सकसँग जँचाउने– यदि दिनमा २० वा ३० देखि धेरैपटक ग्याँस जाने भएमा, ग्याँस गन्धयुक्त भई अन्य कारण पत्ता लगाउन नसकेमा, खान नहुने खाद्यपदार्थ नखाँदा पनि र विभिन्न उपचारले निको नभएमा चिकित्सकसँग गई जँचाउनुपर्छ । नरनाथ पाण्डेले रातोपाटीमा लेखेका छन्।

लेखक पाण्डे सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक तथा ‘जीवनशैली परिवर्तन’ विषयमा विद्यावारिधि शोधार्थी हुन् ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ५, बुधबार १६:४८
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ ५, बुधबार १६:४८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ ५, बुधबार १६:४८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ ५, बुधबार १६:४८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ५, बुधबार १६:४८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ ५, बुधबार १६:४८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ ५, बुधबार १६:४८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ ५, बुधबार १६:४८
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ माघ ५, बुधबार १६:४८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व