बैतडी । जिल्लाको पाटन नगरपालिका वर्ड न. ९ मा रहेको सिद्धश्वर मा. बि ले आज बाट माघ १५ सम्म हुन गइरहेको बिद्यालय बन्दको समयमा वैकल्पिक शिक्षण सिकाईका लागि विद्यार्थीहरुको हात हातमा घरमा पढ्ने समय तालिका प्रदान गरेको छ ।
विद्यालयकै शिक्षकलाई बिद्यालय परिवार बाट ५०÷५० को रिचार्ज गरि विद्यार्थीहरुको पढाईबारे अभिभावकहरुलाई सुझाव दिनको लागि यस्तो कार्ययोजना बनाएको विद्यालयका सूचना प्रमुख गोपाल सिह महराले बताए।
गत साल कोरोनाको माहामारीमा विद्यालय बन्द भएको समयमा पनि बिद्यालयल सेवा भित्रका रहेका अभिभावक समूह परिचालन गरेर शिक्षकहरुबाट आ–आफ्नो टोलका विद्यार्थीहरुको रेखदेख र पढाईलाई निरन्तर गरेको थियो।
यो साल नि सोही तरिकाबाट जाने सूचना प्रमुख महरा बताए।
(खबरबोर्ड बाट साभार)









Discussion about this post