नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रको महाधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको टिप्पणी गरेका छन्। नेता रावलले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माओवादी केन्द्रले कुण्ठित गरेको र यो जनवाद कदापि हुन नसक्ने उल्लेख गरेका छन्।
महाधिवेशन प्रतिनिधिहरुले चुन्न र चुनिन नपाउने कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा भएको उनको जिकिर छ।
पूर्वमन्त्री समेत रहेका रावलले बुधबार सामाजिक सञ्चाल ट्वीटमा लेखेका छन्,’ माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ’म हो वाद’ मा झारेको देखियो।महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन। यस्तो कार्यलाई ’विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरितन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।’ अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post