Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशभरका २१ विमानस्थलमा उड्दैनन् जहाज

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १७, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सडक यातायातको पहुँच, व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नबन्नु र थप क्षमता विस्तार गर्न थालिएपछि देशभरका २१ वटा विमानस्थलमा अहिले कुनै पनि उडान÷अवतरण हुँदैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले नेपालभर निर्माणाधीनसहित ५६ वटा विमानस्थल रहेका छन् । यी विमानस्थलमध्ये २१ वटा तयारी अवस्थाकै विमानस्थलमा समेत अहिले उडान÷अवतरण हुन सकेको छैन । विगतमा यातायातको एक मात्र विकल्प रहेका बेला निकै चलेका विमानस्थलहरुसमेत अहिले गौचरणमा परिणत बनेका छन् ।

प्राधिकरणको विवरण अनुसार विगतमा निकै चलेका बागलुङ, रुकुम, ढोरपाटन, चौरजहारी, दार्चुला, पालुङटार (गोरखा) समेतका विमानस्थल अहिले सञ्चालनमा छैनन् । दुई वर्ष अगाडि नै परीक्षण गरिएको गुल्मीको रेसुंगा विमानस्थल धावनमार्ग कालोपत्रे गर्न लागिएका कारण अहिले सञ्चालनमा छैन । व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नभएपछि चितवनको मेघौलीस्थित विमानस्थल समेत बन्द भएको छ ।

विगतमा सगरमाथा आरोहीका लागि मुख्यद्वार मानिने जिरीस्थित विमानस्थल समेत व्यवसायिक रुपमा नचल्ने भएपछि सञ्चालनमा छैन । इलामस्थित विमानस्थलमा समेत दुई वर्ष अगाडि नै परीक्षण भएको थियो । यहाँ अहिले धावनमार्ग, ट्याक्सी वे, एप्रोनको कालोपत्रे गर्ने काम गरिएको छ । तर, थप निर्माण सकिने समय भने निश्चित छैन । डोल्पाको मसिनेचौर धावनमार्ग कालोपत्रे गर्न बन्द भएको थियो । कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

यी हुन् सञ्चालनमा नरहेका विमानस्थल

बागलुङ, चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार, रेसुंगा (गुल्मी), इलाम, जिरी, कांगेलडाँडा, कालिकोट, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पा, मेघौली, रोल्पा, रुम्झाटार, स्याङबोचे र टिकापुर ।

देशभर एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीनको प्रगति के छ ?

अहिले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल एक मात्र छ । त्यो, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यसबाहेक देशभर थप तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । तर, विमानस्थल आयोजनाहरुको प्रगति भने सुस्त रहेको छ ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत रहेको छ । यो विमानस्थललाई आगामी तीन महिना भित्र उद्घाटन गरिसक्ने घोषणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ८९ प्रतिशत भएको छ । निजगढमा भने विमानस्थलको निर्माण नै थालिएको छैन । एक अन्तर्राष्ट्रिय र आन्तरिकका चार हव विमानस्थल (पोखरा, विराटनगर, भैरहवा र नेपालगञ्ज)बाट अन्य विभिन्न गन्तव्यमा उडान हुन्छ ।

आन्तरिकतर्फ एक मात्र विमानस्थल (अर्घाखाँची) निर्माणाधिन अवस्थामा छ । तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन बनाउने काम प्रक्रियामा रहेको महानिर्देशक क्षेत्रीले जानकारी गराए ।

८ विमानस्थलमा हुन्छ रात्रिकालीन उडान

देशभरका ८ वटा विमानस्थल भने रात्रिकालिन उडान गर्न योग्य बनेका छन् । काठमाडौंसहित विराटनगर, भैरहवा, सिमरा, चन्द्रगढी, जनकपुर, धनगढी र नेपालगञ्ज विमानस्थलमा यस्तो सुविधा छ ।

प्राधिकरणका अनुसार देशभर ३७ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छ । अच्युत पुरीले अनलाइनखबरमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व