सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पशुपति दर्शन गर्ने निहुँमा हतियारसहित छिरेका भारतीय प्रहरीको टोली पक्राउ

मकवानपुर– अनुमतिविना हातहतियारसहित पोशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ। पशुपति मन्दिर दर्शन गर्ने निहुँमा मकवानपुरको हेटौंडा आइपुगेका भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको हो।

शनिबार बिहानै पोशाकमा हेटौंडा आइपुगेका भारतीय प्रहरीबारे स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। हेटौंडा ४ स्थित भुवनेश्वर(पशुपति) मन्दिरमा दर्शन गरी स्थानीय गेष्ट हाउसमा पुगेका उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

पशुपति मन्दिरमा दर्शन गरेपछि भारतीय प्रहरीलाई फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी यज्ञप्रसाद भटराईले बताए। ‘अनुमति नलिई हेटौंडा आइपुगेका करिब आधा दर्जन भारतीय प्रहरीलाई हामीले नियन्त्रणमा लिएका थियौ’, उनले भने, ‘त्यसलगतै प्रहरी भ्यानमा राखेर बीरगञ्ज नाकास्थित नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाएका छौं।’

हेटौंडा आएका भारतीय प्रहरीहरुले गेष्ट हाउसमा कोठा बुक गर्ने तयारी गरेपछि केही स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्रोतको अनुसार उनीहरु मन्दिर दर्शनपछि कोठा बुकिङ गरेर हेटौंडामै बस्ने तयारीमा थिए। स्थानीयबासीले हतियारसहित आएको दाबी गरेपछि प्रहरीले भने हतियारबारे पुष्टि गरेन।

Mahakali Polytechnic

गुगल म्यापबाट ‘पशुपति मन्दिर’ सर्च गर्दा बिहारबाट ५० किलोमिटरको दुरी देखाएपछि उनीहरु हेटौंडा आएको बताइएको छ। तर एक स्थानीय जनप्रतिनिधिले भने हतियारसहित विना अनुमति नेपाल प्रवेश गरेका उनीहरु बिरुद्ध कानुनी कारबाही गर्नुपर्ने भए पनि सामान्य सोधपुछ गरेर फिर्ता पठाएकोमा असन्तुष्टि जनाए। नेपाल–भारत सीमा वीरगञ्ज नाकाबाट झण्डै एक दर्जन प्रहरी चौकी पार गरेपछि मात्र हेटौंडा आई पुगिन्छ।

World Link Ads

#भारतीय_प्रहरी #पशुपति #हतियार #पक्राउ

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.