सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गाउँपालिका अध्यक्षकाे यस्ताे मनाेमानिः स्थानीयलाइ नै गरे घरनिकाला

फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका–४ यासोककी विष्णुमाया सम्बाहाम्फे न्याय खोज्दै शनिबार सदरमुकाम फिदिम आइपुगिन्। बस्दै आएको घर गाउँपालिका अध्यक्ष जयकुमार चेम्जोङ नेतृत्वको टोलीले जबजस्ती घरमा ताला लगाएर निकालेपछि विष्णुमायाले न्यायको गुहार मागेकी छन्।

‘शुक्रबार बिहान छोरालाई स्कुल पठाउन खाना खुवाउँदै थिएँ’ उनले भनिन्, ‘एक्कासी अध्यक्षको टोली आएर बाहिर निस्की, घर छाड् भन्दै बाहिर निकाले।’ छोरालाई थालमा पस्केको खानासमेत खान नदिइ अर्काको घर किर्ते गरेर कब्जा गर्ने ? भन्दै सामानसहित निकालेर घरमा ताला लगाएको उनको आरोप छ।

शुक्रबार रातभरी परेको पानीले बाहिर फालिएका विष्णुमायाको सामान भिजेर अलपत्र परेको छ। ‘घरमा बहुमूल्य सामान पनि थिए, जथाभावि फ्याँक्दा ती पनि हराए होला’ उनी थप्छिन्, ‘जबरजस्ती समान बुझेको प्रमाण बनाउन सामान अगाडि राखेर तस्वीर खिचाउन अध्यक्षले बाध्य पारे।’ बसिरहेको घरबाट गाउँपालिकाले नै निकाला गरेपछि १३ वर्षीय छोरा र उनको विचल्ली भएको छ।

यता गाउँपालिकाले भने ३५ दिनअघि नै घर छाड्न सूचना दिए पनि अटेर गरेकोले निकाल्न बाध्य भएको दाबी गरेको छ। ‘पटक–पटक सूचना दिँदा पनि नछाडेपछि निकाल्नुप¥यो, अब उनीहरु के गर्छन्, कहाँ जान्छन् ? हाम्रो चासोको विषय होइन। तपाइ पनि यसलाई अतिरञ्जित नबनाउनुहो’ अध्यक्ष चेम्जोङले भने। विष्णुमायालाई घरबाट निकाल्न अध्यक्ष चेम्जोङ र उपाध्यक्ष आचार्यसहित वडा नं. १ का अध्यक्ष देवेन्द्र लावती, वडा नं. ४ का अध्यक्ष पूर्ण खड्का, सदस्य तारा लुईटेल र तीन जना प्रहरी खटिएका थिए।

Mahakali Polytechnic

हाल विष्णुमाया बस्दै आएको घरमा साइनोमा भदैनी पर्ने गीतामाया सम्बाहम्फे पनि बस्दै आएकी छन्। विष्णुमायाले गीतामायाबाटै घर जग्गा खरिद गरेको बताइन्। किर्ते गरेर गीतामायाको घर र जग्गा विष्णुमायाले कब्जा गर्न खोजेको भन्दै गाँउपालिकाको टोलीले उनलाई निकालेर ताला लगाएको हो। त्यो घर पनि ऐलानी जग्गामा छ। विष्णुमाया र गीतामायाबीचमा भएको आर्थिक लेनदेनको विवाद अहिले अदालतमा छ। पहिलो सम्बन्ध राम्रो भए पनि पछि आर्थिक हिसाब नमिल्दा घरबाटै निकालिनुपरेको विष्णुमायाको भनाइ छ।

World Link Ads

ऐलानी जग्गामा भएको घर पास नहुने भएपछि विष्णुमायाले आफ्नो रकम फिर्ता मागेर घर छाड्ने बताउँदै आएकी थिइन्। तर अदालतबाट फैसला नहुँदै घरबाट निकालिएपछि आमा छोरा छिमेकीको शरणमा छन्।- अन्नपुर्ण पाेस्ट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.