सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूपश्चिम सरकारद्धारा महाकाली अञ्चल अस्पताल सुधारका लागि ४ करोड बजेट विनियोजन, आई.सी.यू संचालन गरिने

सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ। गत बर्ष प्रदेश सरकारले २५ अर्वको बजेट ल्याएको थियो।

प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। कृषियोग्य भुमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्व १६ करोड, ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड, कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड, ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड अनुदान, मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ। एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन भएको छ।

मुख्यमन्त्री एकिकृत वस्ती विस्तार कार्यक्रमका लागि चार करोड, खप्तडमा पर्यटकीय होमस्टे निर्माणको योजना पनि बजेटमा अटाएको छ। प्रदेश गौरवका जलविद्युत आयोजनाका लागि १० करोड, चार वटा जलविद्युत आयोजनाको डिपिआर सकेर निर्माणका लागि ५ करोड, नदी नियन्त्रणका लागि २८ करोड, खानेपानी संरचना निर्माणका लागि ७९ करोड, रणनीतिक सडक विस्तारका लागि एक अर्व ७१ करोड ७० लाख, प्रदेश गौरवका सडकका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ।

गोदावरीमा राजधानी स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष’का लागि पनि बजेट छुट्याएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो। सेती अञ्चल अस्पतालमा उपकरण र औसधी खरिदका लागि साढे ८ करोड, अन्य जिल्ला स्तरीय अस्पतालका लागि ५ करोड, महाकाली अस्पतालमा सेवा सुधारका लागि ४ करोड १० लाख बजेट विनियोज गरिएको छ भने सबै जिल्लाको स्वास्थ्य सेवा स्तरवृद्धिका लागि १७ करोड बजेट विनियोजन गरिएको छ। पर्यटकीय सर्कीटका लागि १३ करोड, विभिन्न ठाउँमा खेल मैदान निर्माण, एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ। बजेटमा २ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ भने सबै जिल्लामा छात्रवास निर्माणको योजना पनि बजेटमा परेको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.