सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर सडक दुर्घटनाः मृत्यु हुनेको संख्या चार पुग्यो

कञ्चनपुरको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अटोरिक्सा चालक प्रेम थापाको उपचारका क्रममा भारतको अस्पतालमा मृत्यु भएपछि मृतकको सङख्या चार पुगेको हो। मृतक थापाको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए।

आज बिहान सदरमुकाम महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको स्काभेटर र विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा ठोक्किएपछि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनमा परी बैतडीको देहीमाण्डौंका २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरास्थित पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा परी मृत्यु भएका देहीमाडौंका बोहराकी श्रीमती २५ वर्षीया लक्ष्मी र उनका अढाई वर्षीय छोरा विशान्त तथा कञ्चनपुरकै बेल्डाँडीका सन्तोष लुहारको धनगढीका अस्पतालमा उपचार भईरहेको छ। दुर्घटनामा परी घाइते भएका साइकल यात्री जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.