सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल आइडल रवि ओडको गीतमा पुष्पल र आँचलको अभिनय (भिडियो)

काठमाडौं : रवि ओड र पुष्पा पौडेलको स्वरमा सजिएको ‘दिलको फ्रेममा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियोमा रविसँगै नायक पुष्पल खड्का र नायिका आँचल शर्माको दमदार अभिनय समेटिएको छ। दीपक शर्माले संगीत भरेको गीत देभल भण्डारीले सिर्जना गरेका हुन्।
सुब्रतराज आचार्यको निर्देशन भिडियोमा आँचलसँग पुष्पल र रवीले रोचक अभिनय गरेका छन्। घोचपेच र माया प्रेमको विषयलाई कलात्कार शैलीले उनिएको भिडियो नयाँ पुस्तालाई केन्द्रित गरी बनाइएको हो।

भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले मिहिनत गरेका छन्। सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.