सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इंग्ल्याण्डद्वारा बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत

शनिबार, २५ जेठ
काठमाडौं– एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा इंग्ल्याण्डले बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८६ रनको विशाल स्कोर खडा गरेको हो। इंग्ल्याण्डका लागि जेसन रोयले सर्वाधिक १५३ रनको योगदान दिए। त्यस्तै बट्लरको आक्रामक ६४ रन, बेइस्ट्रको ५१ रन, कप्तान मोर्गनको ३५ रन तथा जोए रुटको २१ रन महत्वपूर्ण रह्यो। त्यस्तै ओएक्स र प्लनकिटले अभिजित १८ र २५ रनको योगदान दिए।

बलिङतर्फ बंगलादेशका मोहम्मद साइफुद्दिन र मेहेदी हसनले समान २/२ विकेट लिए। त्यस्तै कप्तान मोर्ताजा तथा मुस्तिफुर रहमानले समान १/१ विकेट लिए। केहीबेरमा बंगलादेश जवाफी ब्याटिङमा उत्रँदै छ।

जारी प्रतियोगितामा दुवै टोलीले समान १ जित र १ पराजय भोगेका छन्। बंगलादेशले यसअघि दक्षिण अफ्रिकामाथि २१ रनको रोमान्चक जित निकालेको थियो भने न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो। अर्कोतर्फ पहिलो खेलमा दक्षिण अफ्रिकामाथि १०४ रनको जित निकालेको इंग्ल्याण्ड आफ्नो दोश्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको थियो। आजको खेल कार्डिफ स्थित सोफिया गार्डेन स्टेडियमा हुँदैछ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.