सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज मौसम सफा रहने, भोली पश्चिम तराईमा हावाहुरीसंगै बर्षाको सम्भावना

आज सुदूरपश्चिमका तराईका २ जिल्लामा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
बिहीवार राती चलेको भीषण हावाहुरीपछि शुक्रवार र शनिवार मौसम सफा रहने महाशाखाले अनुमान गरेको थियो। मौसमविद् रांजु प्रधानाङगका अनुसार शनिवार मौसम सफा रहेपनि भोली भने सबैलाई सजक रहन आग्रह गरे।
उनले आईतवार साँझ भने हावाहुरीसंगै बर्षाको सम्भावना रहेको बताए। अहिले पश्चिम नेपालमा पश्चिमी वायु सक्रिय रहेकोले हावाहुरी चल्न सक्ने उनले बताए। विहिवार साँझ भारतको राजस्थान क्षेत्रको मौसमी प्रभाव नेपालको पश्चिमी भूभागमा देखिएकोले भीषण हावाहुरी चलेको समेत उनले बताए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.