सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हावाहुरीका कारण कैलाली र कञ्चनपुरका इँटाभट्टामा करोडौको क्षती

पश्चिम तराईका कैलाली र कञ्चनपुरमा विहिवार राती आएको हावाहुरीका कारण इँटा उद्योगमा करोडौँको क्षती भएको छ। दुई जिल्लामा सञ्चालित इँटा व्यवसायीहरूले विहिवारको राती चलेको हावाहुरीका कारण १० करोड भन्दा बढिको क्षती भएको बताएका छन्। इँटा व्यवसायी संघ कैलालीका अध्यक्ष विनोदकुमार शाहले एकै उद्योगमा करोड सम्मको क्षती भएको बताउँदै दुई जिल्लामा १० करोड बराबरको क्षती भएको बताए। कैलाली र कञ्चनपुर जिल्लामा झण्डै ७० वटा इँटा उद्योग रहेका छन्। हरेक इँटा उद्योगमा ठुलो सङख्यामा काँचा इँटा बिग्रिएको र इँटा उद्योगमा रहेका ट्रष्टहरुमा ठुलो क्षतीपुगेको उनले बताए।

कैलालीमा सञ्चालित श्रीकृष्ण इँटा उद्योग, जयगुरु गणेश इँटा उद्योग, गणेश इँटा उद्योगमा सबैभन्दा बढि क्षती भएको व्यवसायीहरुले बताएका छन्।

कैलालीमा सञ्चालित श्रीकृष्ण इँटा उद्योग, जयगुरु गणेश इँटा उद्योग, गणेश इँटा उद्योगमा सबैभन्दा बढि क्षती भएको व्यवसायीहरुले बताएका छन्। कैलालीको अत्तरियामा सञ्चालित सान्वी इँटा उद्योगमा मात्रै करोड बढिको क्षतीभएको सञ्चालक तिर्थ ओझाले बताए। यसअघि हिउँदको वर्षाले पनि कैलाली र कञ्चनपुर जिल्लामा मात्रै इँटा उद्योगहरुमा २० करोड बढिको क्षती भएको थियो।

काँचो इँटाको बिमा नहुने भएकाले पनि व्यवसायीहरूले नोक्सानी व्यहोर्नु परेको छ। प्राकृतिक प्रकोपबाट व्यवसायमा पर्ने क्षतिबाट बच्न सरकारले बिमाको व्यवस्था गरिदिनुपर्ने व्यवसायीहरुको माग छ।

Mahakali Polytechnic

काँचो इँटाको बिमा नहुने भएकाले पनि व्यवसायीहरूले नोक्सानी व्यहोर्नु परेको छ। प्राकृतिक प्रकोपबाट व्यवसायमा पर्ने क्षतिबाट बच्न सरकारले बिमाको व्यवस्था गरिदिनुपर्ने व्यवसायीहरुको माग छ। कैलाली र कञ्चनपुर जिल्लामा इँटा उद्योगमा मात्रै झण्डै एक अर्व २० करोड बढिको लगानी रहेको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.