सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनाैठाे चलन ! दूध बेच्छन् तर घरकै सुत्केरीलाई दिँदैनन्

डडेल्धुरा : डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका क्षेत्रभित्रै सुत्केरी महिलालाई गाईभैंसीको दूध नदिइने गरेको पाइएको छ। सुत्केरी महिलालाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा समाजमा विद्यमान रहेको हो।

अमरगढी नगरपालिकाले आइतबारदेखि गरेको पोषण तालिममा सहभागी भएका स्वास्थ्यकर्मीले सदरमुकाम क्षेत्रमै सुत्केरीले समाजमा रहेको अन्धविश्वासका कारण दूध दही खान नपाएको बताए। सहत्रलिङ स्वास्थ्य चौकीकी अनमी तुलसी भट्टले सुत्केरीलाई दूध दही खुवाए गाईभैंसीलाई रोग लाग्ने अन्धविश्वास गाउँमा मात्र नभएर सदरमुकाममा समेत रहेको बताइन्।

‘गाँउतिर त धेरै नै छ तर नगरपालिकाभित्र समेत सुत्केरीलाई घरमा पालेका गाइभैंसीको दूध दिइँदैन’, उनले भनिन्, ‘बरु उनीहरू दूध बजारमा लगेर बेच्छन् तर गाईभैंसी बिग्रन्छन् भनेर सुत्केरी भएकी बुहारी–छोरीलाई दूध खुवाउँदैनन्।’

भूमिराज स्वास्थ्य चौकीकी अनमी शान्ति भट्टले पनि आफूहरूले जति सम्झाउँदा पनि मानिसहरूले नमानेको गुनासो गरिन्। ‘हामीले सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउनू भनेर सम्झाई बुझाई पठाउँछौँ तर उनीहरू मान्दैनन्’, शान्तिले सुनाइन्। बरु देउता रिसाउन्, म त छाउ मान्दिनँ
देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष मसित त देवता रिसाएनन् !
दूधदहीसहित पोषणयुक्त खानेकुराबाट मात्र नभई सुत्केरीहरू सुरक्षित आवासबाट समेत बञ्चित भएको सहत्रलिङ स्वास्थ्य चौकीकी अर्की अनमी चित्रा मालीले बताइन्। ‘नगरक्षेत्रभित्र नै सुत्केरीलाई घरको तल्लो तलामा रहेको गोठमा राखिन्छ, कतिपय ठाउँमा त गाईभैंसीको गोठमा समेत राख्ने गरिन्छ’, उनले भनिन्।

Mahakali Polytechnic

मल्लो (माथिल्लो) तलामा राखे देउता रिसाउँछन् भन्ने कुपरम्परा कायम रहेको उनको भनाइ छ।

World Link Ads

सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराबाट बञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने गरेको अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले बताए। महिला सुत्केरी हुँदा झन् बढी मात्रामा पोषिलो खानेकुरा आवश्यक पर्ने उनको भनाइ छ।

Sana Kishan

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका २६ जना बालबालिकामा कडा कुपोषण देखिएको नगरपालिकाको तथ्याङ्क छ। नगरपालिकाभित्र रहेका ५ वर्षमुनिका २ हजार ४ जना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण र २३५ बालबालिकामा शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखा प्रमुख पनेरुले जानकारी दिए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.