सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकप क्रिकेटमा ठुलो उलटफेर, दक्षिण अफ्रीका बांग्लादेश संग २१ रनले पराजित

एजेन्सी : विश्व कपको अन्तर्गत आइतवार भएको पाँचौ भिडन्तमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ।

बंगलादेशले पहिले ब्याटिङ गर्दै दिएको ३३१ को लक्ष्यको पिछा गर्द दक्षिण अफ्रिकी टिम ५० ओभरमा ८ विकेट गुमाउँदै ३०९ रनमा सीमित भएको हो।

दक्षिण अफ्रिकाविरूद्ध बंगलादेशले विश्व कप इतिहासमा निकालेको यो दोस्रो जित हो। यसअघि बंगलादेशले सन् २००७ मा यस्तै जित दर्ता गराएको थियो। त्यसबेला बंगलादेशले दक्षिण अफ्रिकालाई ६७ रनले पराजित गरेको थियो । आईसीसी वरीयतामा दक्षिण अफ्रीका तेस्रो स्थानमा छ। जबकि बंगलादेश चार स्थान तल सातौँ स्थानमा रहेको छ ।

बंगलादेश यस प्रतियोगितामा जित निकाल्ने पहिलो एसियाली टिम बनेको छ । यसअघि पाकिस्तान, श्रीलंका र अफगानिस्तानले हारको सामना गर्नुपरेको थियो। बंगलादेशले तेस्रो पटक खेल जितेको हो। यसभ्दा पहिले सन् २००७ मा भारत र २०१५ मा अफगानिस्तानलाई हराएको थियो। शाकिब-रहिमको अर्धशतक, मुस्तफिजुरले लिए तीन विकेट लिए।

दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङमा जाने निर्णय गरेको थियो। त्यसपछि बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रनको स्कोर खडा गर्योश्र उसका लागि मुशफिकुर रहिमफले ७८ र शकिब अल हसनले ७५ रन बनाए।

Mahakali Polytechnic

दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लेसिसले ६६ रनको पारी खेले। जेपी डुमिनी र एडेन मार्करामले ४५-४५ रनको योगदान दिए। बंगलादेशका लागि मुस्तफिजुर रहमानले तीन विकेट लिए।’

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.