सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मझगाँउ विमानस्थलका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्छ : राज्यमन्त्री रावल

‘मझगाँउ विमानस्थललाई बजेट खोई’

मदन गिरी
महेन्द्रनगर १७ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित बन्द मझगाँउ विमानस्थल पुनः सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने भएको छ ।
केन्द्र सरकारले मझगाँउ एयरपोर्ट सञ्चालनका लागि बजेट विनियोजन नगरेको भन्दैँ चौतर्फी आलोचन र विरोध भईरहेको बेला प्रदेश सरकारले पहल गर्ने जनाको छ ।

सुदुर पश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातारण राज्यमन्त्री प्रकास रावलले प्रदेश सरकारसँग मझगाँउ एयरपोर्ट सञ्चालनका लागि बजेट माग गरिने बताए । उनले पुरानो मझगाउँ विमानस्थल सञ्चालनका लागि अगामी आर्थिक वर्षको नीति तथा कार्याक्रममा समावेश गरिने बताए ।

आगमी आर्थिक वर्षमा विमान स्थलको संरक्षण, घेरबार र पिचका लागि बजेट माग गरिने बताउँदै राज्यमन्त्री रावलले ‘विमान स्थल सञ्चालन हुनु पर्नेमा कसैको दुई मत छैन, त्यसका लागि हाम्रो तर्फबाट सक्दो पहल गरिरहेको छौँ, यद्यपि मझगाँउ विमानस्थल सञ्चालनका लागि केही प्राविधिक समस्या छन्, यसलाई घरेलु विमान स्थलका रुपमा पनि सञ्चालनमा ल्याउँछौँ’ राज्यमन्त्री रावलले भने ।

साथै केन्द्र सरकारकाले प्राथमिकतामा मझगाँउ विमानस्थल नपरेकोमा आफ्नो ध्यानार्कषण भएको उनको भनाई छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वार्चित भएका रावलले विमानस्थल सञ्चालन गर्ने मुख्य मुद्धा बनाएका थिए ।
राज्यमन्त्री रावलले शुक्रबार हुने संसद बैठकमा २०५८ सालबाट बन्द रहेको विमान स्थल पुनः सञ्चालनका लागि माग गरिने बताए ।

Mahakali Polytechnic

मझगाँउ विमानस्थल सञ्चालन पछिल्लो आवश्यकता र स्थानीयको जोडदार माग रहेकाले त्यसका लागि सक्दो पहल गरिने उनको भनाई छ ।
त्यस्तै कञ्चपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकास भट्टको पनि मझगाँउ विमानस्थल सञ्चालन प्रमुख चुनावि एजेण्डा भएपनि केन्द्र अगामी आर्थिक वर्षको निति कार्याक्रममा पर्न सकेन् ।

World Link Ads

‘मझगाँउ विमानस्थललाई बजेट खोई’

Sana Kishan

विमानस्थल पुनः सञ्चालनको माग राख्दैँ संघर्ष समिति बनाएर आन्दोलित बनेका छन् । उनिहरुले केन्द्र सरकारको बजेट विनियोजन भए लगतै ‘मझगाँउ विमानस्थललाई बजेट खोई’ भन्दै महेन्द्रनगर बजार क्षेत्रमा शुक्रबार शान्तीपुर्ण विरोध ¥याली निकालेका छन् ।
संघर्ष समितिका सदस्य चन्द्रदेव बडुले चुनावका बेला विमानस्थल सञ्चालन मुख्य मद्धा बनाईए पनि कार्यान्वयनका लागि कुनै पहल नभएको बताए ।
विरोध कार्याक्रममा स्थानीय ठुलो सहभागीता रहेको थियो
उनले विमानस्थल पुनः सञ्चालनका लागि सरकारलाई दबाव दिन चरणबद्ध रुपमा आन्दोलन गरिने बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.