सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चुनावि प्रतिवद्धता अनुसार महेन्द्रनगरमा सौर्यबत्ती जडान

महेन्द्रनगर जेठ १६

कञ्चनपुर सदरमुकाम भीमदत्त नगरपालिकाले बत्तीको उज्यालो भएकै ठाउँमा सौर्यबत्ती जडान गरेको भन्दै आलोचना भएको छ।

भीमदत्त नगरपालिकाको ‘उज्यालो भीमदत्त’ कार्यक्रम अन्तर्गत महेन्द्रनगरको मूख्य सडकमा सौर्य बत्ती जडानको काम भइरहेको छ। तर, साैर्यबत्ती जडान गर्दा आवश्यकता भएका अँध्यारा गल्लीमा नगरेर जहाँ बिजुलीको उज्यालो छ, त्यहीँ सौर्य बत्ती पनि थपिएको भन्दै स्थानीय असन्तुष्ट बनेका हुन्।

निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्टसंँगको सहकार्यमा भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा जडान गरिरहेको सौर्यबत्ती योजना हचुवाका भरमा ल्याइएको उनीहरुको गुनासो छ। सांसद भट्टको सांसद विकास कोषको १५ लाख तथा भीमदत्त नगरपालिकाको ६ लाख गरी जम्मा २१ लाखको लगानीमा महेन्द्रनगर बजारको मुख्य चोकमा सौर्यबत्ती जडान भइरहेका छन्।

Mahakali Polytechnic

महेन्द्रनगरको मुख्य बजार भानु चोकदेखि मदन चोकसम्म झण्डै १८ पोलमा सौर्यबत्ती जडान भइरहेका छन्। गत फागुनमा जगदिश चन्द्र भट्टको अध्यक्षतामा गठित उपभोता समितिले सौर्यबत्ती जडानको कार्य गरिरहेको छ।

World Link Ads

‘उज्यालो भीमदत्त’ नाम दिएर जडान भइरहेका सौर्यबत्तीको योजना मुख्य बजारमा केन्द्रित छ। ती सौर्यबत्ती निकै कम दुरीमा राखिएका छन्। यहाँको चोक–चोकमा पहिल्यैदेखि सडक बत्तीको व्यवस्था छ। सो क्षेत्र लगभग २४ सै घण्टा उज्यालो रहन्छ।

Sana Kishan

बिजुलीको सुविधा भएकै ठाउँमा फेरि सौर्यबत्ती जडान गरेर उज्यालो भएकै ठाउँलाई थप उज्यालो बनाउने काम भएको तर अँध्यारा सडकहरुलाई ववेवास्ता गरिएको स्थानीयको गुनासो छ।

‘सौर्यबत्ती जडानको योजना एकदम ठिक हो, तर बिजुली भएकै ठाउँमा सौर्यबत्ती जडानको औचित्य छैन। बरु यसलाई गाउँका विभिन्न ठाउँमा जडान गर्नुपर्ने थियो। जसले गर्दा बिहान कलेज तथा विभिन्न कामका लागि आउनेलाई राहात मिल्थ्यो।’ हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले भने।

‘उज्यालो भीमदत्त’ अन्तर्गत सौर्यबत्ती जडान कार्यक्रममा भीमदत्त नगरपालिकाले प्राथमिकताका ठाउँलाई पहिचान गर्न नसकेको स्थानीयको भनाई छ। सालघारी रोड, जिप्रका रोड लगायत सडकबत्ती नभएका विभिन्न सडक र मुख्य बजार क्षेत्र बाहिरका सडकहरुमा बत्ती जडान गर्नुपर्ने उनीहरुको माग छ।

अन्य ठाउँमा नसुहाउने भएकाले बजारको सौन्दर्यका लागि भएपनि सौर्यबत्ती जडान भइरहेका उपभोत्ता समुहका अध्यक्ष जगदिश चन्द्र भट्टले बताए। भानु चोक–मदन चोकमा मात्र ‘डिभाइडर’ भएकाले यो ठाउँ उपयुक्त भएको उनले बताए।

‘सौर्यबत्ती जडान गरिनु नगरबासीका लागि खुशीको कुरा हो। तर प्राथमिकता किटान नगरी हचुवाका भरमा याेजना कार्यान्वयन गर्दा लगानीको उचित प्रतिफल पाउन सकिन्न’ एक स्थानीयले भने।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds