सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा सामाजिक कार्यमा युवा सहभागीताबारे तालिम

महेन्द्रनगर ७ जेठ ।
कञ्चनपुरको वेदकोट नगरपालिका ४ मा सामाजिक कार्यमा युवा सहभागीताबारे तालिम सञ्चालन गरिएको छ । वेतकोटको बैतडामा सामुदायमा हुने विभिन्न सामाजिक तथा विकास निर्माण कार्यमा युवाको सहभागिता र भुमिका बारे नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो ।

वेदकोट नमुना युवा संसदको आयोजनामा सोमबारबाट सुरु भएको तामिल बुधबारसम्म चल्ने छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लाल बहादुर खड्काको प्रमुख आतिथ्यता तथा केशब खड्काको सभापतित्वमा भएको तालिम उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाकी उप प्रमुख शुशिला सिंह, सामुदायिक वनका उपाध्यक्ष राजु राम सार्की भुल लगायतको सहभागीता रहेको थियो ।

Mahakali Polytechnic

तालिमले समुदायमा हुने विभिन्न विकास निर्माण तथा सामाजिक कार्य संलग्नता बढ्ने तथा जिम्मेवारीबोध हुने अपेक्षा गरिएको छ ।

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.