क्यान्सर पीडित ७ बर्षीया जिनिसा बिकको उपचारमा आर्थिक अभाव हुन थाले पछि सहयोगको अपिल गरिएको छ । नेपालमा उपचार सम्भव नधए पछि उनलाई उपचारको लागि भारत ल्याउदा उपचार समस्या हुन थालेको छ ।
प्रवासी नेपालीहरुको सगठन अखिल भारत नेपाली एकता मन्च तथा गुरुग्राम नगर समितिका अध्यक्ष कैलास कोहलीले बिकलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
बिकलाई ब्लड क्यान्सर तथा बोन म्यारो क्यान्सर जस्तो डर लाग्दो रोग बाट पीडित भए पछि उपचारमा समस्या आएको परिवारिक स्रोतले जनाएको छ । नेपाल क्यान्सर हस्पिटलले उपयुक्त साधन हरु नभएको कारण ईन्डियामा नै उपचार राम्रो हुने भने पछि एक हफ्ताको उपचार पछी उनलाई उपचारका लागि नयाँदिल्ली एम्स हस्पिटल रिफर गरेको हो ।
कमजोर आर्थिक स्रोत भएका कारण मृत्यु लाई जितेर नयाँ जीवन को लागि संघष गर्दै गरेको छोरीलाइ तपाईं हामी सबै ले जहाँ बाट जसरी सकिन्छ सहयोगको आसा गरेको उनकी आमाले बताईन् ।
सहयोग गर्नको लागि प्रत्यक्ष भेटेर यां उहाको आफन्त गोबिन्द सुनारको नम्बर र फेस बुक मा सङ जोडिएर उनको बारेमा बिस्तृत जानकारी लिन सक्नु हुनेछ।