सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पोखरामा लगातार ४ प्याराग्लाइडिङ दुर्घटना, आज रसियाली नागरिकको मृत्यु

काठमाडाैं- पाेखरामा ३ दिनकाे अन्तरमा प्याराग्लाइडिङमा परी २ जनाकाे मृत्यु हुनाका साथै अन्य २ जना घाइते भएका छन्।

आज सराङकाेटबाट साेलाे उडान भर्ने क्रममा रसियाली प्याराग्लाइडर बिएमआई डेभिलकाे मृत्यु भएपछि ३ दिनकाे अन्तरमा मृत्यु हुनेकाे संख्या २ पुगेकाे हाे।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार सराङकाेटबाट बिहान ११ बजेर ३५ मिनेटमा प्याराग्लाइडिङ दुर्घटना भएकाे हाे। ‘उडान भर्ने बित्तिकै प्याराग्लाइडिङ दुर्घटनामा परेकाे हाे। गम्भीर घाइते रसियाली नागरिकलाई उद्दार गरी पाेखराकाे मेट्राे सिटी अस्पतालमा लगिएकाे थियाे। उनकाे उपचारका क्रममै निधन भएकाे हाे’, उनले भने।

प्रत्येक दिन प्याराग्लाइडिङ दुर्घटनामा पर्न थालेपछि कसरी सुरक्षा अपनाउन सकिन्छ भन्ने बारेमा आफूहरु छलफलमै रहेकाे सुवेदीले बताए।

Mahakali Polytechnic

यसअघि गत आइतबार अवतरणका क्रममा प्याराग्लाइडिङ फेवा तालमा खस्दा रोमानियाका प्याराग्लाइडर इडिइ सिस्जरको मृत्यु भएको थियो। प्रहरीका अनुसार अवतरणका क्रममा हावाकाे चापकाे सन्तुलन नमिल्दा प्याराग्लाइडिङ दुर्घटनामा परेकाे थियाे।

World Link Ads

साेमबार पनि दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका थिए। साे क्रममा २ जना विदेशी नागरिक घाइते भएका थिए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.