काठमाडौं । इजरायलमा नयाँ सरकार गठन गर्ने प्रयास तीव्र बनेको छ। यसैक्रममा कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता गादी आइसेनकोटबीच आज वार्ता हुने भएको छ।
बीबीसीका अनुसार नेतान्याहुले राष्ट्रिय एकताको सरकार गठन भएमा सुरुमा आइसेनकोटलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। यद्यपि, सरकार गठनका विषयमा अहिलेसम्म ठोस सहमति जुट्न सकेको छैन।
नेतान्याहुको प्रस्तावलाई लिएर इजरायलका राजनीतिक दल तथा नेताहरूबीच फरक–फरक धारणा देखिएका छन्। पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि यसको वास्तविकता प्रमाणित हुनुपर्ने बताएका छन्।
त्यस्तै, विपक्षी नेता याइर लापिडले भने नेतान्याहुको प्रस्तावलाई राजनीतिक चालको संज्ञा दिँदै अस्वीकार गरेका छन्।
इजरायलमा नयाँ सरकार गठनका लागि आइसेनकोटको पार्टीसँग डिसेम्बर ६ सम्मको समय रहेको छ। आवश्यक परे थप १४ दिन म्याद बढाउन सकिने व्यवस्था छ।
इजरायलको १२० सदस्यीय संसद्मा सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। आज हुने नेतान्याहु र आइसेनकोटबीचको वार्तालाई नयाँ गठबन्धन सरकार गठनको सम्भावनाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।










Discussion about this post