काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा उपत्यका, खोँच तथा तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार र मंगलबार पनि हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यी दुई दिन कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।










Discussion about this post