Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १३, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायम राखेको छ। १९ स्वर्णसहित बागमती पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।

हालसम्म बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जितेको छ। स्वर्ण पदकको संख्याका आधारमा गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कांस्य गरी सर्वाधिक ५० पदक जिते पनि स्वर्णको संख्याका आधारमा तेस्रो स्थानमा छ। नेपाल प्रहरी आठ स्वर्णसहित चौथो स्थानमा रहँदा गण्डकी र कोशी प्रदेशले समान चार स्वर्ण जितेका छन्।

सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण जितेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशले समान दुई स्वर्ण हात पारेका छन्। मधेश प्रदेशले दुई कांस्य पदक जितेको छ।

प्रतियोगितामा सहभागी ११ टोलीमध्ये १० टोलीले पदक जितिसकेका छन्। आयोजक कर्णाली प्रदेश भने पाँचौँ दिनसम्म पदकविहीन रहेको छ।

यसैबीच, पुरुष फुटबलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। बराबरीसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गर्दा सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ।

महिला क्रिकेटमा भने सुदूरपश्चिमले गण्डकी प्रदेशलाई पराजित गर्दै नेट रनरेटका आधारमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। यसअघि नै त्रिभुवन आर्मी, नेपाल प्रहरी र बागमती प्रदेशले अन्तिम चारमा स्थान बनाइसकेका थिए।

पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

विभिन्न खेलका प्रतिस्पर्धा मंसिर ८ गतेदेखि सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने तय भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स
खेलकुद

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
खेलकुद

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा
पूर्वाधार

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३
दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

मंसिर १३, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

मंसिर १३, २०८३
देशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

देशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

मंसिर १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व