काठमाडौं । देशका हिमाली क्षेत्रमा आजदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रसहित देशका अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी स्थानको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
बिहानको समयमा तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ। यसले विशेषगरी बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने देखिन्छ।
महाशाखाका अनुसार भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, आइतबार र सोमबार पनि हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।










Discussion about this post