Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ११, २०८३
एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक औषधि सेवन गर्ने र उपचारको अवधि पूरा नगरी औषधि खान छाड्ने प्रवृत्तिले नेपालमा औषधि प्रतिरोधी संक्रमणको जोखिम बढ्दै गएको छ। सामान्य रुघाखोकी तथा ज्वरो आउँदासमेत एन्टिबायोटिक प्रयोग गर्ने गलत बानीले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत कठिन बन्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन्।

एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा फैलिँदै गएको भन्दै पोखरामा आयोजित एक कार्यक्रममा यसको नियन्त्रणका लागि सचेतना र जिम्मेवार औषधि प्रयोगमा जोड दिइएको छ।

स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले मंगलबार आयोजना गरेको सञ्चारकर्मी तथा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग र दुरुपयोगले संक्रमणविरुद्ध प्रयोग गरिने औषधिको प्रभावकारिता घट्दै गएको विषयमा छलफल गरिएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सन् २०२१ मा विश्वभर ब्याक्टेरियाजन्य एन्टिमाइक्रोबियल प्रतिरोधसँग सम्बन्धित करिब ४७ लाख १० हजार मृत्यु भएको अनुमान छ। त्यसमध्ये ११ लाख ४० हजार मानिसको मृत्यु प्रत्यक्ष रूपमा औषधि प्रतिरोधी संक्रमणका कारण भएको थियो।

औषधिले काम नगर्ने अवस्था बढ्दै जानु विश्वकै स्वास्थ्य प्रणालीका लागि गम्भीर चुनौती बनेको एएमआर फोकल पर्सन डा. शरदचन्द्र बरालले बताए। उनका अनुसार एन्टिमाइक्रोबियल प्रतिरोध भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीजस्ता सूक्ष्मजीवमा औषधिको प्रभाव घट्दै जानु वा औषधिले तिनलाई नियन्त्रण गर्न नसक्ने अवस्था हो।

यसका कारण एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल तथा एन्टिप्यारासाइटिक औषधिले प्रभावकारी रूपमा काम गर्न छाड्छन्। फलस्वरूप संक्रमणको उपचार लामो, जटिल र खर्चिलो बन्नुका साथै कतिपय अवस्थामा बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने डा. बरालले बताए।

उनका अनुसार एएमआर अहिले मौन महामारीका रूपमा फैलिँदै गएको छ। विशेषगरी चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक किनेर सेवन गर्ने, आवश्यक नभएको अवस्थामा पनि प्रयोग गर्ने तथा चिकित्सकले तोकेको मात्रा र अवधि पूरा नगर्ने प्रवृत्तिले समस्या थप गम्भीर बनाएको छ।

एन्टिबायोटिक सबै प्रकारका संक्रमणमा प्रभावकारी हुँदैन। विशेषगरी रुघाखोकीजस्ता भाइरसका कारण हुने संक्रमणमा एन्टिबायोटिकले काम गर्दैन। तर सामान्य स्वास्थ्य समस्या देखिनेबित्तिकै एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।

आवश्यकताबिना वा गलत तरिकाले औषधि प्रयोग गर्दा ब्याक्टेरियाले औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने र भविष्यमा त्यही औषधिले संक्रमण निको पार्न नसक्ने अवस्था आउन सक्ने डा. बरालको भनाइ छ।

कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्र, कास्कीका महानिर्देशक मनमोहन मिश्र, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका प्रमुख डा. किरण पाण्डे र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, पोखराका फार्मेसी अधिकृत साजन बरालले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए।

त्यसपछि एएमआरको जोखिम, नियन्त्रणका उपाय तथा जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु
फ्ल्यास हेडिङ

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मंसिर ११, २०८३
क्रिकेटर रोहित पौडेल बने दुलाहा
खेलकुद

क्रिकेटर रोहित पौडेल बने दुलाहा

मंसिर १०, २०८३
पत्रकारिता क्षेत्र शोकमा, राजेन्द्र बिष्टको निधन
फ्ल्यास हेडिङ

पत्रकारिता क्षेत्र शोकमा, राजेन्द्र बिष्टको निधन

मंसिर १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मंसिर ११, २०८३
एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

मंसिर ११, २०८३
क्रिकेटर रोहित पौडेल बने दुलाहा

क्रिकेटर रोहित पौडेल बने दुलाहा

मंसिर १०, २०८३
पत्रकारिता क्षेत्र शोकमा, राजेन्द्र बिष्टको निधन

पत्रकारिता क्षेत्र शोकमा, राजेन्द्र बिष्टको निधन

मंसिर १०, २०८३
३० हजार मेगावाट विद्युत् उत्पादनका लागि नयाँ ऊर्जा नीति बन्दै

३० हजार मेगावाट विद्युत् उत्पादनका लागि नयाँ ऊर्जा नीति बन्दै

मंसिर १०, २०८३
विपद् प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत, वडामार्फत आवेदन दिन आग्रह

विपद् प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत, वडामार्फत आवेदन दिन आग्रह

मंसिर १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व