धनगढी । पत्रकार राजेन्द्र बिष्टको उपचारका क्रममा निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष बिष्टको बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो।
कलेजोमा संक्रमण देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिमका इञ्चार्ज दिलबहादुर छत्यालले पुष्टि गरेका छन्।
कञ्चनपुर निवासी बिष्ट लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध थिए। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रमा शोक छाएको छ।
पारिवारिक रूपमा समेत पछिल्लो समय उनी शोकमा थिए। गत कात्तिक २२ गते उनकी आमा विष्णादेवी बिष्टको निधन भएको थियो। आमाको निधन भएको १८ दिनपछि बिष्टको पनि निधन भएको हो।
आमाको किरिया सकेलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो।










Discussion about this post