Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८३
भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण सहज बनाउन नीतिगत तथा प्रक्रियागत सुधारलाई तीव्रता दिइएको लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) यांकी उक्याबले बताएकी छन्। उनले भारतीय लगानीकर्तालाई ऊर्जा, उद्योग, पूर्वाधार तथा पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा भारत भ्रमणमा रहेको सरकारी प्रतिनिधिमण्डलमा सहभागी उक्याबले नेपाल–भारत व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण भइरहेको बताएकी हुन्।

उनका अनुसार लगानी बोर्डले हालसम्म करिब १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरका ५३ आयोजना स्वीकृत गरिसकेको छ। तीमध्ये २८ आयोजना निर्माणाधीन अवस्थामा छन्। यी आयोजनाबाट करिब ३ हजार मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।

उनले ‘आईबीएन २.०’ कार्यक्रमअन्तर्गत १०२ उद्योगलाई स्वचालित स्वीकृति दिने व्यवस्था, सूचना प्रविधि क्षेत्रमा न्यूनतम लगानी सीमा हटाउने, ३० दिनभित्र स्वीकृति प्रदान गर्ने प्रणाली तथा एकद्वार सेवा केन्द्र विकास गर्ने काम भइरहेको जानकारी दिइन्।

लगानीकर्ताले मुख्य रूपमा स्वीकृति प्रक्रियामा सहजता र नीतिगत सुनिश्चितता खोज्ने भएकाले यी विषयलाई प्राथमिकतामा राखेर प्रक्रिया पुनर्संरचना भइरहेको उनको भनाइ छ।

त्यसैगरी, इक्विटी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था र नाफा फिर्ता लैजान सहज बनाइएको उनले उल्लेख गरिन्।

उक्याबले ग्रिन डाटा सेन्टर, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग तथा बौद्ध र रामायण सर्किटजस्ता पर्यटन पूर्वाधारमा भारतीय लगानीकर्तासँग सहकार्यको ठूलो सम्भावना रहेको बताइन्।

नेपालमा पुँजी, प्रविधि र आयोजना सञ्चालनको अनुभव भएका भारतीय लगानीकर्तालाई स्वागत गर्न सरकार तयार रहेको उनले स्पष्ट पारिन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित
फ्ल्यास हेडिङ

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित
फ्ल्यास हेडिङ

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत
National News

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै

भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै

मंसिर ८, २०८३
महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

मंसिर ८, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

मंसिर ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व