Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुङ्ग्याउन दलहरूको जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ५, २०८३
शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुङ्ग्याउन दलहरूको जोड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विभिन्न राजनीतिक दलका नेताहरूले सबै पक्षको सहमतिमा शान्ति प्रक्रियाका बाँकी कामलाई शीघ्र टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।

विस्तृत शान्ति सम्झौताका विषयमा शनिबार आयोजित सम्मेलनमा नेताहरूले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको विषय बनाउन नहुने भन्दै आपसी सहमति र समझदारीका आधारमा बाँकी काम पूरा गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा नेकपाका नेता देव गुरुङले विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन हुँदै संविधान निर्माण भए पनि अहिले संविधान नै ‘कोमा’ मा पुगेको टिप्पणी गरे। उनले जेनजी आन्दोलनपछि बृहत् शान्ति सम्झौतालाई खारेज गर्ने प्रयास भइरहेको भन्दै सम्झौतालाई सही मार्गमा ल्याउन र सहमतिमा फर्काउन राजनीतिक दलहरूबीच समझदारी आवश्यक रहेको बताए।

त्यस्तै, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रिया विगतको बोझ नभई राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको र अन्तर्राष्ट्रिय समुदाय साक्षी बसेको आधिकारिक दस्तावेज भएको बताए। यसलाई इतिहासको बोझका रूपमा लिन नहुने उल्लेख गर्दै उनले यसबाट कोही पनि उम्किन नसक्ने धारणा राखे। साथै, उनले नयाँ सरकारलाई यथाशीघ्र सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न आग्रह गरे।

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले शान्ति प्रक्रियाका बाँकी काम नेपाली समाजको विशिष्ट अवस्थाअनुसार निष्कर्षमा पुर्‍याउनुपर्ने बताइन्। शान्ति प्रक्रिया आफैँमा सकारात्मक उपलब्धि भएको र यसले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले यसको सम्मान र उचित सम्बोधन हुनुपर्ने धारणा राखिन्।

उनले शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी तथा विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर सरकारले आयोग गठन गर्न तयार छ कि छैन भन्ने विषय अहिले मुख्य प्रश्न रहेको बताइन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सूचना र जनचेतनामा टेलिभिजनको भूमिका सम्झँदै आज विश्व टेलिभिजन दिवस
फ्ल्यास हेडिङ

सूचना र जनचेतनामा टेलिभिजनको भूमिका सम्झँदै आज विश्व टेलिभिजन दिवस

मंसिर ५, २०८३
नेपाली फुटबलको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल
फ्ल्यास हेडिङ

नेपाली फुटबलको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल

मंसिर ५, २०८३
गर्मी र वन विनाशले चमेराबाट रोग सर्ने जोखिम बढाउँदै : अध्ययन
फ्ल्यास हेडिङ

गर्मी र वन विनाशले चमेराबाट रोग सर्ने जोखिम बढाउँदै : अध्ययन

मंसिर ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुङ्ग्याउन दलहरूको जोड

शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुङ्ग्याउन दलहरूको जोड

मंसिर ५, २०८३
सूचना र जनचेतनामा टेलिभिजनको भूमिका सम्झँदै आज विश्व टेलिभिजन दिवस

सूचना र जनचेतनामा टेलिभिजनको भूमिका सम्झँदै आज विश्व टेलिभिजन दिवस

मंसिर ५, २०८३
नेपाली फुटबलको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल

नेपाली फुटबलको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल

मंसिर ५, २०८३
गर्मी र वन विनाशले चमेराबाट रोग सर्ने जोखिम बढाउँदै : अध्ययन

गर्मी र वन विनाशले चमेराबाट रोग सर्ने जोखिम बढाउँदै : अध्ययन

मंसिर ५, २०८३
विवादित अडिओबारे सांसद न्यौपानेको स्पष्टीकरण : जनमत कामबाटै प्रमाणित गर्नुपर्छ

विवादित अडिओबारे सांसद न्यौपानेको स्पष्टीकरण : जनमत कामबाटै प्रमाणित गर्नुपर्छ

मंसिर ५, २०८३
प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

मंसिर ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व