काठमाडौं । टेलिभिजनको महत्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नोभेम्बर २१ मा विश्व टेलिभिजन दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१/२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो। जनमत निर्माण, सूचना तथा समाचार प्रवाह र जनचेतना अभिवृद्धिमा टेलिभिजनको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो।
सञ्चार, शिक्षा, सूचना र मनोरञ्जनको क्षेत्रमा टेलिभिजनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय डिजिटल प्रविधि र सामाजिक सञ्जालको प्रभाव बढ्दै गए पनि विश्वसनीय सूचना प्रवाह तथा जनचेतना अभिवृद्धिमा टेलिभिजनको भूमिका अझै महत्वपूर्ण रहेको छ।










Discussion about this post