काठमाडौं । नेपाल प्रहरीले आधारभूत तहका कर्मचारीका समस्या, गुनासा तथा कठिनाइ सुनुवाइ गरी समयमै सम्बोधन गर्न ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना गरेको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार स्थापना गरेको उक्त डेस्कको शुभारम्भ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले गरेका हुन्। उनले सियुजी सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्मको लिंक पठाएका थिए।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको डेस्कको उद्देश्य प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको छ।
शुभारम्भपछि प्रहरी महानिरीक्षक केसीले कर्मचारीले भोग्नुपरेका समस्या, असमान व्यवहार, विभेद तथा अन्य गुनासाको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्न डेस्कमा खटिएका अधिकारीलाई निर्देशन दिएका छन्।











Discussion about this post