काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले नियमित रूपमा कार्यालयमा उपस्थित नभएको र स्वीकृति नलिई बिदामा बसेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयका अनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरिएको हो।
सेवाबाट हटाइनेमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
उनीहरू नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत सिभिल इन्जिनियरिङ समूहको बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहमा राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत थिए।
नियमित रूपमा कार्यालयमा अनुपस्थित रहने तथा स्वीकृतिबिना बिदामा बस्ने गरेको पाइएपछि मन्त्रालयले उनीहरूलाई सेवाबाट हटाएको जनाएको छ।










Discussion about this post