काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन् भने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।
आजको दोस्रो खेल प्लेअफ समीकरणका हिसाबले निकै महत्त्वपूर्ण मानिएको छ। पोखरालाई पराजित गर्न सके काठमाडौं गोर्खाजले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ। त्यसैले काठमाडौंका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
पहिलो खेलमा प्लेअफ दौडबाट बाहिरिसकेको कर्णाली याक्सले चितवन राइनोजको सामना गर्नेछ। कर्णाली प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा रहँदा चितवन भने जित निकाल्दै आफ्नो प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानका टोलीबीच एलिमिनेटर हुनेछ। पहिलो क्वालिफायर पर्सि आयोजना हुनेछ।
यसअघि हिजो भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो। उक्त हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।
हालसम्म लुम्बिनी, सुदूरपश्चिम, काठमाडौं र चितवनले प्लेअफमा स्थान बनाएका छन्।










Discussion about this post