Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले मागे प्रधानमन्त्रीसँग सुरक्षा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २८, २०८३
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले मागे प्रधानमन्त्रीसँग सुरक्षा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

ढल्केवर । अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान सञ्चालन गर्न सुरक्षा सहयोग नपाएको भन्दै महोत्तरीको गौशाला नगरपालिकाले प्रधानमन्त्री बालेन्द्र शाहसँग सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छ।

नगरप्रमुख डा. दीपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानका लागि आवश्यक सुरक्षा प्रबन्ध गर्न माग गरेका हुन्।

नगरप्रमुख महतोका अनुसार साविक शिवभक्तिखोर गाविस–१ स्थित कित्ता नम्बर ११५ को पाँच बिघा तीन कठ्ठा आठ धुर जग्गा नेपाल सरकारको नाममा दर्ता छ। उक्त जग्गामा ४२ वटा घर निर्माण गरी स्थानीयहरू बसोबास गर्दै आएका छन्। तीमध्ये दुई घरपरिवारलाई वैकल्पिक आवास उपलब्ध गराउने प्रस्ताव नगरपालिकाले गरेको उनले बताए।

नगरपालिकाले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि अटेर भएपछि समस्या समाधान हुन नसकेको जनाएको छ। उक्त जग्गा खाली गराएर बाल उद्यान निर्माण गर्नुका साथै हाटबजार व्यवस्थित गर्ने नगरपालिकाको योजना छ।

जग्गामा बसोबास गर्दै आएका स्थानीयले आफ्नो नाममा जग्गा कायम गराउन सर्वोच्च अदालत र उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए। तर, दुवै अदालतले रिट खारेज गरिसकेको नगरपालिकाको दाबी छ।

यसअघि गत चैतमा सुरक्षा निकायको सहयोगमा निर्माणाधीन पक्की संरचना भत्काइए पनि जग्गा पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढ्न सकेको थिएन। नगरपालिकाको तयारीविरुद्ध स्थानीयले संघर्ष समिति गठन गरी वैकल्पिक व्यवस्था नगरी घरटहरा हटाउन नहुने मागसमेत राख्दै आएका छन्।

नगरप्रमुख महतोले विभिन्न सरकारी निकायसँग पटक–पटक सुरक्षा सहयोग माग्दा पनि सुनुवाइ नभएपछि प्रधानमन्त्रीलाई नै पत्र लेख्नुपरेको बताए। सुरक्षा व्यवस्था उपलब्ध भए २४ घण्टाभित्र अतिक्रमित जग्गा खाली गराउने उनको दाबी छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते
खेलकुद

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते

कार्तिक २९, २०८३
कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र
फ्ल्यास हेडिङ

कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र

कार्तिक २९, २०८३
एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा
खेलकुद

एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

कार्तिक २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते

कार्तिक २९, २०८३
कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र

कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र

कार्तिक २९, २०८३
एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

कार्तिक २९, २०८३
पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

कार्तिक २९, २०८३
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

कार्तिक २९, २०८३
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

कार्तिक २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

imunify-bot-check
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व