काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको २५औँ खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै ब्याटिङ रोजेका हुन्। टस हारेको चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ।
जनकपुर बोल्ट्सका लागि यो लिग चरणको अन्तिम खेल हो भने चितवन राइनोजले छैटौँ खेल खेल्दैछ।
हालसम्म ६ खेल खेलेको जनकपुरले २ खेलमा जित हात पारेको छ। यता चितवनले २ खेलमा जित र १ खेलमा अंक बाँड्दै कुल ५ अंक जोडेको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। जनकपुर जितसहित लिग चरणको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ भने चितवन आफ्नो अंकतालिका सुधार गर्ने प्रयासमा रहनेछ।










Discussion about this post