Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २७, २०८३
काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको २४औँ खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ। यससँगै सुदूरपश्चिम प्लेअफमा स्थान बनाउने दोस्रो टोली बनेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। जवाफमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।

काठमाडौंका लागि रासिद खानले सर्वाधिक ३५ रन बनाए। उनले ३१ बलमा ५ चौका प्रहार गरे। त्यसैगरी दुसान हेमन्थाले २१, साम ह्याज्लेटले ११ र सन्तोष यादवले १० रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान १ विकेट हात पारे।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए।

सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएपछि दबाबमा परेको सुदूरपश्चिमको इनिङ्सलाई दीपेन्द्र र आरिफ शेखको साझेदारीले सम्हालेको थियो। आरिफले १६ रन बनाए। त्यस्तै थारिन्दु रत्नायके २६ रनमा अविजित रहे भने फाबियन एलनले २ रन बनाए।

काठमाडौंका लागि जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिए।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। लिग चरणको अन्तिम खेलमा अब काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै
खेलकुद

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

कार्तिक २७, २०८३
तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो
फ्ल्यास हेडिङ

तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

कार्तिक २७, २०८३
नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष
फ्ल्यास हेडिङ

नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

कार्तिक २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

कार्तिक २७, २०८३
काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

कार्तिक २७, २०८३
तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

कार्तिक २७, २०८३
नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

कार्तिक २७, २०८३
सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

कार्तिक २७, २०८३
धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व