काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।
दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाले ज्यान गुमाएका हुन्। घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले आजका लागि शोक बिदा दिने निर्णय गरेको हो।
त्यसैगरी, दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गाउँपालिकाले गरेको छ।
छठ पर्व मनाउन घर फर्किने क्रममा आफन्त तथा छिमेकी गुमाएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ। एकै गाउँका १३ जनाको मृत्युले सिंगो बस्तीलाई स्तब्ध बनाएको छ।
गाउँपालिकाले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।










Discussion about this post