काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जारी २४औँ खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौंले बाजी मार्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
काठमाडौं गोर्खाजका लागि यो लिग चरणको छैटौँ खेल हो भने सुदूरपश्चिम रोयल्सको सातौँ तथा अन्तिम लिग खेल हो।
काठमाडौंले यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित र एकमा हार बेहोर्दै ८ अंक जोडेको छ। यस्तै, सुदूरपश्चिमले ६ खेलमा चार जित र दुई हारसहित ८ अंक नै हासिल गरेको छ।
दुवै टोलीको समान अंक रहेकाले आजको खेल निकै महत्त्वपूर्ण बनेको छ। आज जित निकाल्ने टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ।










Discussion about this post