काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि कात्तिक २३ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो। पछिल्लो गिरावटसँगै सुनको मूल्यमा ठूलो अन्तर आएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि कात्तिक २३ गते चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।










Discussion about this post