नारायणगढ – चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। पहिरो हटाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको सूचना अधिकारी यादवले बताएका छन्।










Discussion about this post