काठमाण्डौ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज चौथो दिन गाईपूजा गरिँदैछ। गाईलाई लक्ष्मी तथा गौमाताका रूपमा सम्मान गर्दै पूजा गर्ने, माला लगाइदिने र मीठा परिकार खान दिने परम्परा छ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले यसको विशेष महत्व रहेको छ। गाईको दूधलाई पोषिलो आहारका रूपमा समेत लिइन्छ।
केही समुदायमा औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गरिन्छ।
यसअघि हिजो घरघरमा लक्ष्मीपूजा गरिएको थियो भने बिहान कुकुर तिहार मनाइएको थियो। आज गाईपूजा गरेपछि भोलि गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा तथा म्हपूजा मनाइनेछ। भोलिदेखि नेपाल संवत् ११४७ पनि शुरु हुँदैछ।
यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।










Discussion about this post