काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) आजदेखि टर्कीएको आन्ताल्यामा शुरु हुँदैछ। सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल आन्ताल्या पुग्नुभएको छ।
आजदेखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटनसत्रलाई मन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनमा नेपालले जलवायु न्याय, हिमाली तथा पर्वतीय क्षेत्रको संरक्षण र जलवायुजन्य विपद्का विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। विशेषगरी भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण भएका बाढी, पहिरो र अन्य विपद्बाट नागरिकले भोग्नुपरेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइनेछ।
मन्त्री खनालले नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुका साथै विभिन्न उच्चस्तरीय बैठक र द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उहाँ कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम छ।










Discussion about this post