काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि विपक्षी नेता तथा पूर्वसैनिक प्रमुख गादी आइजेनकोटलाई जिम्मेवारी दिनुभएको छ।
हालै सम्पन्न निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र आइजेनकोट नेतृत्वका कुनै पनि गठबन्धनले संसद्मा स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले आइजेनकोटलाई सरकार गठनको पहिलो अवसर दिनुभएको हो।
राष्ट्रपति कार्यालयका अनुसार संसद्का सदस्यसँग गरिएको परामर्शमा आइजेनकोटलाई प्रधानमन्त्री बनाउन ६७ र नेतान्याहूलाई ४६ जनाले समर्थन जनाएका थिए।
अब आइजेनकोटले सरकार गठनका लागि २८ दिनको समय पाउनुहुनेछ। आवश्यक परे थप १४ दिन समय दिन सकिने व्यवस्था छ।
इजरायलको १२० सदस्यीय संसद् नेसेटमा नेतान्याहूको गठबन्धनले ५३ सिट र आइजेनकोटको गठबन्धनले ४८ सिट जितेका छन्। बाँकी १९ सिट अरब समुदायका दलले जितेका छन्। सरकार गठनका लागि ती दलको समर्थन निर्णायक हुन सक्ने देखिएको छ।
तर, गठबन्धनभित्र सहमति जुटाएर बहुमत पुर्याउनु आइजेनकोटका लागि चुनौतीपूर्ण हुने देखिएको छ।










Discussion about this post