काठमाडौं – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज टर्की प्रस्थान गर्ने भएको छ।
टर्कीको आन्ताल्यामा आयोजना हुने सम्मेलनमा परराष्ट्रमन्त्री खनालले उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, कात्तिक २५ र २६ गते हुने नेताहरूको शिखर सम्मेलनमा समेत उहाँ सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री खनाल कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
सम्मेलनमा नेपालले जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
विशेषगरी भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने नेपालको तयारी छ।










Discussion about this post