काठमाडौं – भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
शमीले गएराति सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेको जानकारी दिएका हुन्।
टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले भारी मनका साथ सन्यासको निर्णय लिएको बताएका छन्।
३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै कुल २२९ विकेट लिएका छन्। उनी सन् २०२५ मा सम्पन्न च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन्।
टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरका क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन्।










Discussion about this post