काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज काठमाडौँ गोर्खाज र साविक विजेता लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
प्रतियोगितामा अपराजित रहेको लुम्बिनी लायन्स ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ गोर्खाज भने ४ अंकसहित चौथो स्थानमा रहेको छ।
यसअघि हिजो भएका दुई खेलमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग तथा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएका थिए।
लगातार चौथो हार बेहोरेको पोखरा अंकतालिकाको पुछारमा छ। लगातारको हारसँगै टोलीको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ।
त्यस्तै, कर्णाली याक्सका डेभिड मिलरले डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।










Discussion about this post