Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १९, २०८३
कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत — कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको स्तरोन्नतिका लागि १२ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७/७८–२०८६/८७) अन्तर्गत पर्यटन क्षेत्रका सातवटा रणनीतिक कार्यक्रममा उक्त बजेट छुट्याइएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार पर्यटन उत्पादन विकास तथा स्तरोन्नतिका लागि सबैभन्दा बढी ४ अर्ब ३२ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पर्यटन पूर्वाधार विकासका लागि २ अर्ब ९८ करोड १० लाख रुपैयाँ छुट्याइएको छ ।

सामुदायिक सहभागिता तथा स्थानीय पर्यटनबाट लाभ वृद्धि गर्न १ अर्ब २२ करोड ४० लाख, सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणमा १ अर्ब ७ करोड ४० लाख र लगानी प्रवर्द्धन तथा व्यवसाय विकासका लागि १ अर्ब १ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी, नीति तथा संस्थागत संरचना र मानव संसाधन विकासका लागि ८७ करोड १४ लाख तथा गन्तव्य बजार व्यवस्थापन र प्रवर्द्धनका लागि ८२ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ ।
पाँच प्रमुख पदयात्रामार्ग पहिचान
कर्णालीका हिमाली तथा पहाडी क्षेत्रलाई पर्यटन सञ्जालमा जोड्न मन्त्रालयले पाँचवटा प्रमुख पदयात्रामार्ग पहिचान गरेको छ ।

यसमा ग्रेट हिमालय ट्रेलका उपल्लो, मध्य र तल्लो कर्णाली खण्ड तथा तालदेखि तालसम्मका उपल्लो र तल्लो पदयात्रामार्ग समावेश छन् ।

उपल्लो कर्णाली पदयात्रामार्ग मुस्ताङको छार्का भोट, धो ताराप, साल्दाङ, फोक्सुण्डो, शे गुम्बा हुँदै मुगु र हुम्लाको लिमी उपत्यका तथा हिल्सासम्म फैलिएको छ । यसले डोल्पा, मुगु र हुम्लाका दुर्गम हिमाली बस्तीलाई जोड्ने लक्ष्य राखेको छ ।

मध्य कर्णाली मार्ग ढोरपाटन, मैकोट, फोक्सुण्डो, कागमारा लेक, जुम्ला, डाँफे लेक, घुच्ची लाग्ना हुँदै रारा ताल र सिमकोटसम्म पुग्ने गरी पहिचान गरिएको छ ।

त्यस्तै, तल्लो कर्णाली पदयात्रामार्ग ढोरपाटन, गुरिल्ला ट्रेल, रुकुमकोट, स्यार्पू ताल, सिस्ने हिमाल आधार शिविर, नलगाड, बारेकोट, कुशे, जुनीचाँदे, पचाल झरना हुँदै खप्तड राष्ट्रिय निकुञ्जसम्म पुग्नेछ ।

तालदेखि तालसम्मका पदयात्रामार्गमध्ये तल्लो मार्ग डोल्पाको दुनै, त्रिपुराकोट, सुलिगाड, फोक्सुण्डो ताल, कागमारा र जुम्ला हुँदै रारा तालसम्म पुग्नेछ । उपल्लो मार्ग रारा तालबाट गमगढी, ताक्ला, विजेर, शे गुम्बा, फोक्सुण्डो हुँदै मुस्ताङको सिमानासम्म विस्तार गर्ने प्रस्ताव छ ।

यी मार्गले कर्णालीका प्रमुख ताल, हिमाल, धार्मिक तथा सांस्कृतिक सम्पदा र दुर्गम बस्तीलाई एउटै पर्यटन सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ ।
रारा तालको पूर्वाधार निर्माण चार वर्षमा २० प्रतिशत
मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालमा पूर्वाधार निर्माणका लागि ४५ करोड २९ लाख १० हजार रुपैयाँको आयोजना सञ्चालनमा छ ।

२०७९ असार २४ गते सम्झौता भएको आयोजनाको भौतिक प्रगति चार वर्ष बितिसक्दा पनि २० प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीलाई ३२ प्रतिशत रकम भुक्तानी भइसकेको भए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

रारा ताल वरिपरि करिब १५ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ११ किलोमिटर क्षेत्रमा ढुङ्गा सोलिङ गरिएको छ । आयोजनाको म्याद सकिएपछि पुनः म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।
फोक्सुण्डोमा २१ करोडको पूर्वाधार आयोजना
डोल्पाको फोक्सुण्डो ताल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि २१ करोड १२ लाख ४४ हजार रुपैयाँको पूर्वाधार निर्माण आयोजना अघि बढाइएको छ ।

आयोजनाअन्तर्गत साङ्टादेखि फोक्सुण्डो तालसम्म पदमार्ग, दुनैदेखि ट्रेकिङ रुट, प्रत्येक दुई किलोमिटरमा प्रतीक्षालय, दुईवटा ट्रस पुल, खानेपानी र भ्यु प्वाइन्टसम्म पुग्ने पदमार्ग निर्माण गरिनेछ ।

त्यस्तै, रिग्मो बस्तीमा संग्रहालय र पार्क निर्माण गर्ने योजना छ । आयोजना २०८४ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पर्यटकको तथ्यांक र सुरक्षामा चुनौती
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कर्णालीका हिमाली जिल्लामा नेपालगञ्जबाट हुने हवाई उडानमार्फत पर्यटक आउने गरे पनि उनीहरूको तथ्यांक संकलन र सुरक्षा व्यवस्थापनमा चुनौती रहेको बताएकी छन् ।

पर्यटक कुन क्षेत्रमा पुगेका छन्, उनीहरूको अवस्था के छ र आपत्कालीन अवस्थामा कसरी उद्धार गर्ने भन्ने विषयमा समस्या रहेको उनको भनाइ छ ।

पर्यटकको आवागमन अभिलेख राख्ने, जोखिमयुक्त पदमार्गमा सूचना तथा सुरक्षा व्यवस्था मिलाउने, पर्यटक प्रहरी परिचालन गर्ने र आपत्कालीन उद्धार प्रणाली प्रभावकारी बनाउने तयारी भइरहेको उनले बताइन् ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको तथ्यांक व्यवस्थित बनाउन विभिन्न नाका र विमानस्थलमा निगरानी बढाइएको जानकारी दिइन् ।

उनका अनुसार जुफाल विमानस्थल, खदाङ तथा सदरमुकाममा पर्यटकको विवरण संकलन गर्ने काम भइरहेको छ । अनुमति नलिई डोल्पा आउने पर्यटकको संख्या बढ्दै गएपछि सुरक्षा व्यवस्थापनमा समेत कडाइ गरिएको छ ।

हिमाली क्षेत्रमा पर्यटक हराउने, सम्पर्कविहीन हुने तथा प्रतिकूल मौसमका कारण अलपत्र पर्ने जोखिम रहेकाले आवतजावत गर्ने नाकामा सूचना प्रणाली व्यवस्थित बनाउने काम अघि बढाइएको छ ।

मन्त्री खड्काले कर्णालीका प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटक प्रहरीको व्यवस्था गर्न संघीय सरकारसँग सहयोग माग गरिएको बताइन् । साथै, कर्णालीबाटै हिमाली जिल्लामा हवाई सेवा सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी
अर्थ/ब्यापार

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल
फ्ल्यास हेडिङ

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही
राजनीति

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

कार्तिक १९, २०८३
कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३
३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

कार्तिक १९, २०८३
तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने

तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने

कार्तिक १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व