Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १३, २०८३
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट तथा सूचना प्रविधि प्रणालीलाई साइबर आक्रमणबाट जोगाउन विभिन्न सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै वेबसाइट र सूचना प्रविधि प्रणालीको सुरक्षा मजबुत बनाउन आग्रह गरेको हो ।

केन्द्रका अनुसार वेबसाइट तथा सफ्टवेयर निर्माणमा प्रयोग हुने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेका छन् । यस्ता कमजोरीको फाइदा उठाएर अनधिकृत पहुँच प्राप्त गर्ने, सरकारी सेवा अवरुद्ध गर्ने तथा प्रणाली नियन्त्रणमा लिने जोखिम रहेकाले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको हो ।

केन्द्रले सरकारी निकायलाई आफ्ना प्रणालीमा प्रयोग भइरहेका सफ्टवेयर तथा प्रविधिको संस्करण जाँच गरी अद्यावधिक गर्न भनेको छ । साथै, वेबसाइटमा वैध सुरक्षा प्रमाणपत्र प्रयोग गर्न, प्रमाणपत्रको म्याद नियमित जाँच गर्न र म्याद सकिनुअघि नै नवीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यसैगरी, प्रमाणपत्र नभएका वा म्याद सकिएका वेबसाइटमा विश्वसनीय निकायबाट नयाँ प्रमाणपत्र लिएर जडान गर्न तथा वेबसाइटलाई सुरक्षित एचटीटीपीएस (HTTPS) प्रणालीमार्फत सञ्चालन गर्न आग्रह गरिएको छ ।

केन्द्रले असुरक्षित पुराना सुरक्षा प्रोटोकल बन्द गरी सुरक्षित प्रोटोकल प्रयोग गर्न र वेबसाइटमा देखिन सक्ने अन्य सुरक्षा कमजोरी पहिचान गरी समयमै समाधान गर्न पनि निर्देशन दिएको छ ।

यी उपायले सरकारी वेबसाइटमा साइबर आक्रमणको जोखिम घटाउन, नागरिकका व्यक्तिगत विवरण सुरक्षित राख्न तथा संवेदनशील सरकारी सूचना चुहावट हुनबाट जोगाउन सहयोग पुग्ने केन्द्रको अपेक्षा छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुन महँगियो, चाँदीको मूल्य घट्यो
अर्थ/ब्यापार

सुन महँगियो, चाँदीको मूल्य घट्यो

कार्तिक १३, २०८३
कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा
कृषि

कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कार्तिक १३, २०८३
इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह
फ्ल्यास हेडिङ

इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुन महँगियो, चाँदीको मूल्य घट्यो

सुन महँगियो, चाँदीको मूल्य घट्यो

कार्तिक १३, २०८३
कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कार्तिक १३, २०८३
इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

कार्तिक १३, २०८३
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

कार्तिक १३, २०८३
नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

कार्तिक १३, २०८३
एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व