Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका व्यापारी तथा व्यवसायी पुरानै स्थानमा फर्किएर व्यवसाय सञ्चालन गर्न थालेका छन्। तर, बाढीले व्यवसायका संरचना, उपकरण र आवश्यक सामग्री बगाएपछि उनीहरूलाई व्यापार पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

बाढीबाट क्षति पुगेका व्यवसायीले पसल तथा अन्य व्यवसाय सञ्चालनका लागि आवश्यक सरसामानको अभाव झेलिरहेका छन्। सरकारले राहत प्याकेज घोषणा गरे पनि तत्काल आवश्यक सामग्री जुटाउन नसक्दा व्यवसायलाई पुरानै अवस्थामा फर्काउन समस्या भएको हो।

बाढीले दूध व्यवसायीका दूध सङ्कलन गर्ने क्यान र दूध चिस्याउने मेसिनसमेत बगाएको छ। त्यसैगरी, पसल सञ्चालनका लागि आवश्यक काठका र्‍याकलगायत सामग्रीको अभाव हुँदा व्यवसायीलाई दैनिक कामकाज अघि बढाउन कठिन भइरहेको छ।

व्यवसायीले तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सके व्यवसाय पुनः सञ्चालन गर्न सहज हुने बताएका छन्। यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावित व्यवसायीलाई आवश्यक सहयोगका लागि सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघमा सम्पर्क गर्न आग्रह गरेको छ।

उज्यालोसँगको कुराकानीमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघमार्फत सहयोग मागेमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीबाट प्रभावित व्यवसायीलाई दीर्घकालीन राहत उपलब्ध गराउनुका साथै तत्काल आवश्यक सामग्री र पूर्वाधारको व्यवस्था गर्न सके उनीहरूलाई पुनः व्यवसायमा फर्किन सहज हुने देखिन्छ।

सरकारले बाढी प्रभावित व्यवसायीका लागि विशेष राहत प्याकेजसमेत घोषणा गरिसकेको छ। उक्त प्याकेजमा भन्सार तथा कर छुट, बैंक कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने उपाय समेटिएका छन्।

तर, घोषणा गरिएका राहत सुविधाहरू व्यवसायीले अझै प्राप्त गर्न नसकेको गुनासो छ। तत्काल व्यवसाय सञ्चालन गर्न आवश्यक सामग्रीको अभाव र राहत सुविधामा भइरहेको ढिलाइले बाढी प्रभावित व्यवसायीको पुनःस्थापनामा थप चुनौती सिर्जना गरेको छ।

व्यवसायीलाई समयमै आवश्यक सामग्री, वित्तीय सहायता र सरकारी राहत उपलब्ध गराउन सके स्थानीय आर्थिक गतिविधि पुनः चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
फ्ल्यास हेडिङ

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन
अर्थतन्त्र

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

कार्तिक २, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य
अर्थ/ब्यापार

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

कार्तिक २, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३
१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

कार्तिक २, २०८३
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

कार्तिक २, २०८३
पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व