Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दसैँ नेपालीको सबैभन्दा चलायमान पर्व : प्रधानमन्त्री बालेन शाह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०८३
दसैँ नेपालीको सबैभन्दा चलायमान पर्व : प्रधानमन्त्री बालेन शाह
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले बडादसैँ नेपाली समाजको धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका छन्। दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आर्थिक गतिविधिका दृष्टिले समेत दसैँ नेपालीमाझ सबैभन्दा चलायमान पर्वका रूपमा स्थापित रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले दसैँलाई एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार दसैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कृतिलाई प्रतिबिम्बित गर्छ।

देशभित्रका विभिन्न स्थान तथा विदेशमा रहेका नेपालीसमेत दसैँ मनाउन घर फर्कने र परिवार तथा आफन्तसँग समय बिताउने परम्परा रहेको उल्लेख गर्दै उनले यस पर्वले समाजमा उत्साह, उमङ्ग र आत्मीयता बढाउने बताएका छन्। लामो सार्वजनिक बिदा, पारिवारिक जमघट, खानपान र नयाँ लुगा लगाउनेजस्ता गतिविधिले दसैँलाई विशेष बनाउने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले चाडपर्वका बेला पनि गाउँघरका घरआँगन रित्तिँदै गएको तथा रोजगारी र अन्य बाध्यताका कारण ठूलो सङ्ख्यामा नेपाली विदेशिनुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। दसैँमा परिवारसँग भेटघाट गर्न चाहँदाचाहँदै पनि आर्थिक तथा अन्य परिस्थितिका कारण घर फर्कन नसक्ने नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन्।

सरकार देशको समृद्धि र नागरिकको सुखद जीविकोपार्जनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताएका छन्। आर्थिक रूपमा नागरिक सम्पन्न हुँदै जाँदा चाडपर्वको रौनकसमेत थपिने उनको धारणा छ।

उनले देशलाई सुशासनको मार्गमा अघि बढाउन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार निरन्तर क्रियाशील रहेको पनि बताएका छन्।

प्रधानमन्त्री शाहले नेपालीहरूले विभिन्न विषम तथा सङ्कटपूर्ण परिस्थितिका बाबजुद आफ्नो धार्मिक, सांस्कृतिक र सामाजिक मौलिकताको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको स्मरण गरेका छन्।

दसैँको मूल सन्देश सत्यको विजय भएको उल्लेख गर्दै उनले सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। साथै, बडादसैँका अवसरमा सम्पूर्ण नेपालीमा आरोग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र भव्य रूपमा पर्व मनाउन आग्रह गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
फ्ल्यास हेडिङ

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन
अर्थतन्त्र

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

कार्तिक २, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य
अर्थ/ब्यापार

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

कार्तिक २, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३
१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

कार्तिक २, २०८३
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

कार्तिक २, २०८३
पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व