काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा पाँच गुणाले बढाएको छ।
केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै अब एक दिनमा अधिकतम ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो। यसअघि दैनिक १० पटकसम्म मात्रै रकम जम्मा गर्न पाइन्थ्यो।

नयाँ व्यवस्था शनिबारदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुनेछ।
चाडपर्वका बेला डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले यो व्यवस्था गरेको जनाएको छ। साथै, भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई नयाँ व्यवस्थाबारे जानकारी गराउँदै तोकिएको अवधिमा भएका कारोबारको सङ्ख्या र रकमको विवरण भुक्तानी प्रणाली विभागमा बुझाउन निर्देशन दिएको छ।










Discussion about this post